‘भैंसी चढेर आएको’ शब्द रेकर्डबाट हटाइयो



काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा अन्य सांसदहरुले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सभामुख देवराज घिमिरेले सचिवालयलाई निर्देशन दिएका थिए ।

संसद्मा प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्