संसद्‌मा विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताए ।

नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरूप नै विधेयक ल्याइएको जानकारी दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसद्‌मा विवाद गर्नु आवश्यक नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्