नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस



काठमाडौँ । नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्