समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुन्छ : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताएका छन् ।

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगायतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुने बताए ।

प्रतिपक्षी दलहरूले विरोधका कारण संघीय संसद्को दुई सदनको बैठक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्