नेता खनाल सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जना पक्राउ



काठमाडौँ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।

कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए । पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्