५३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ । मंगलबार सेयर बजार उच्च अंकले घटेको छ । ५३.१६ अंकले ओरालो लागेर नेप्से परिसूचक १८८८.६१ विन्दुमा झरेको छ ।

७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कुल २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थीर रहेको छ ।

सर्वाधिक शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्