‘साधारण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च’



काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्च अत्यधिक हुन जाँदा विकास निर्माण कार्य अघि बढ्न नसकेको बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट जानु पर्दा विकास निर्माणको प्रक्रिया अघि बढाउन गार्हो भएको जनाएका हुन् ।

‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शीर्षकमा मात्रै १२ खर्ब ८० २५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निर्माणको काम ठप्पै पारेको अवस्था छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठ्न सकेको अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्