संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्