जनताबीच एकता र सहकार्य बलियो हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् ।

सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए ।

उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा राखे ।

संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने उनको भनाइ छ ।

उनले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्