आज आगामी वर्षको बजेट सार्वजनिक हुने



काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ।

‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्