आज घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार एक लाख ८ हजार तीन सय रुपैयाँमा छापावल सुन, एक लाख ७ हजार ८ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्