भारत भ्रमणअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै



काठमाडौँ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ।

पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछन्।

दोस्रो चरणमा कूटनीतिक परामर्शको तयारी गरिएको छ। दिउँसो ३:३० बजे पूर्व परराष्ट्रमन्त्रीहरु तय भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्