त्रिशालाई स्वर्ण



काठमाडौं । त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा श्री स्याङजा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन् । सक्रिय पोखरेल र राजश्री अधिकारी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने खेलाडी कास्कीका हुन् ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्य, ललितपुर टीटी क्लबका प्रकाश धाक्वा, खोल्छा पुखुका नदिमरत्न शाक्य र च्यासल युथ क्लबका किरण व्यञ्जनकारले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानाङ्गले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्