प्रचण्ड-देउवा-ओली शीर्ष नेतासहित छलफलमा



काठमाडौँ । सिंहदरबारमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुबीच छलफल भइरहेको हो ।

एमालेले गरेको संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले नेताहरुसँग छलफल गरिरहेको बताइएको छ । छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित तीनै दलका प्रमुख सचेतक सहभागी छन् ।

पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषय प्रवेश नगरी स्थगित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्