स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरू दाताहरू तथा सम्बद्ध निकायसँग भेट गरेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए । बजेटका कारण उनले महासभा नसकिँदै स्वदेश फर्किएका हुन् ।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो । मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्