अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।

न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने जनाइएको छ ।

उनले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नेछन् । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्