![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2019/11/gold-1.jpg?fit=720%2C411&ssl=1)
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ।
जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ।
बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।