रुकुम पश्चिममा जीप दुर्घटना, सुत्केरीसहित ४ जनाको मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जीप दुर्घटना भएको छ । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

आज बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका-५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की सुत्केरी रेखा खत्री र उनको छोराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्