नवनियुक्त वन मन्त्रीको घोषणा– जडीबुटी विदेश निर्यात गर्न सहज बनाउँछु



काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपालमा उत्पादन हुने जडिबुटी विदेश पठाउन सहज बनाउने बताएका छन् । बुधबार मन्त्रालयमा पदबहाली गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भूमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।

उनले कुहिएर जाने काठलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए ।

‘दोस्रो २०औं वर्षदेखि जुन काठहरु कुहिएर त्यसलाई व्यवस्थित गरेर नेपाल सरकारको नियम कानून अनुसार त्यसलाई हामीले एक्सपोर्ट गर्नसक्यौँ भने वा स्वदेशमा नै खपत गर्नसक्यौँ भने सहजीकरण गरेर कुह्न नदिएर बचाउने हो।’ उनले भने ।

उनले वन मन्त्रालयमा रहेका जलविद्युत् आयोजनाका लागि भोगाधिकार दिनेलगायत अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्ने कुरामा आफ्नो ध्यान रहने बताए ।

‘हाइड्रोपावरको जुन इस्युहरु आइरहेको छ, वर्षौंदेखिका फाइलहरु वन मन्त्रालयबाट फरवार्ड हुन सकिरहेको छैन । त्यसलाई हामीले सहजीकरण गरेर हाइड्रोपावरलाई प्रोत्साहन गर्नेछु।’ उनले भने ।

उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने दाबी गरे । ।

‘म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शून्य सहनशीलता अपाई कुनै किसिमको लोभ प्रलोभनमा काम गर्दिँन । देश र जनताको हितमा काम गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्