घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्