८ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भने सोमबार कारोबार रकम घट्न पुगेको छ । सोमबार सेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्