संसद्का दुवै सदनको बैठक



काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमले देशको राजनीतिक र आर्थिक समस्या सम्बोधन गर्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्