३२‍ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौँ । सेयर बजार ३२‍.३० अंकले वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको सेयर बजार बिहीबार ३२.३० अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।

लगानीकर्ताहरूमा उत्साह थपिँदा बिहीबार एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।

आज २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआईसी एसिया बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्