सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार बिहीबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्