२३ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अंकमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अंकले बढेको छ । बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्