
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार रेशम चौधरीले लिखित विज्ञप्ति निकाल्दै सर्वोच्चले जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको निर्णयप्रति आफ्नो धारणा व्यक्त गरेका हुन् ।
‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं ।’
न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै उनले फैसलालाई लिएर अनर्गल प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् ।
रेशम चौधरीद्वारा हस्तलिखित जारी विज्ञप्तीः






