बूढानीलकण्ठवासीमाझ नगरप्रप्रमुख मिठारामको अनुरोध !



यही जेठ ६ र ७ गते बूढानीलकण्ठ नगरपालिकामा आयोजना हुन गईरहेको वृति परामर्श तथा रोजगार मेलाको प्रचार–प्रचारका लागि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठमा बसोबास गर्ने र बूढानीलकण्ठलाई माया गर्ने सबैमा अनुरोध गरेका छन् ।

नगरपालिकाद्वारा प्रचारप्रसारका लागि राखिएको सामग्री

नगरपालिकाको कार्यालय परिसरमा ‘मेरो वृत्ति, मेरो खोजी’  भन्ने मूल नारासहित आयोजना गर्न लागिएको वृत्ति परामर्श तथा रोजगार मेला–२०८० लाई भव्य र सभ्य रुपमा सफल बनाउन सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमको प्रयोग गरी आ–आफ्नो तर्फबाट प्रचारप्रसार गरिदिन समेत नगरप्रमुख अधिकारीले एक सूचना मार्फत अपिल गरेका छन् ।

नगरपालिकाद्वारा जारी अपिल :

प्रतिक्रिया दिनुहोस्