प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित



निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।

वैशाख ३० गते सिदार्थ बुटिक होटलमा सम्पन्न महाधिवेशनबाट आगामी ३ वर्षको लागि १५ सदस्यीय नयाँ कार्यसमिति चुनिएकाे हाे । ४६ वटा विद्यालय सदस्य रहेको यस संगठनमा कार्यसमिति चयनका लागि पहिलो पटक निर्वाचन प्रक्रिया अवलम्बन गरिएको हाे। संगठनको अध्यक्ष र उपाध्यक्षमा अन्तिम समयसम्म पनि सहमति हुन नसकेपछि चुनावी प्रक्रिया थालिएकाे थियाे । प्याब्सकमा हालसम्म सहमतीय प्रक्रिया मार्फत नेतृत्व चयन हुँदै आएको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए भने उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरुङ चयन भए।

नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निजि तथा आवासीय विद्यालय संगठन काठमाडौँको सदस्यहरुमा रूपक लामिछाने, मुरारि चालिसे, शिव तिमसिना, सुरेन्द्र मगर, निराजन आचार्य, सन्तु खड्का र सुस्मिता मैनाली चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्