यौन दुव्र्यबहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध अनुसन्धान गर्न सात दिन म्याद थप



काठमाडौँ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको हो ।

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको थियो । अहिले म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्