
काठमाडौँ । सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सूचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा पुगेको छ। बिहीबार नेप्से सूचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।
यसअघि बुधबार नेप्से सूचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको थियो। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।





