धोबिखोला करिडोर देखी मिलनचोकसम्म बक्स कल्भर्ट निर्माण कार्य सुरु



काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार जाने चखुन्चा चोक सम्मको ५०० मिटर बक्स कल्भर्ट निर्माण कार्य सुरु भएको छ ।

कपन ढुबान समस्या समाधानका लागी सुरु भएको साततले(आनिगुम्बा परियोजना अन्तरगत तेस्रो चरणको कल्भर्ट निर्माण कार्य सुरु भएको हो।

काठमाडौं उपत्यका विकास प्राधिकरणको विनियोजित रकम २७ करोड १ लाख १ हजार १ सय ३६ रुपैयाँमा हुन लागेको यस ५०० मिटर कल्भर्ट निर्माणको लागी ड्रागन.आर.ए.रनेसन्स जेभी ललितपुरले २०७९ चैत्र २ गते ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो ।

सम्झौता अनुसार २०८१ माघ ११ गते सम्ममा निर्माण सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्