
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.४५ अंकले घटेर ३५२.८० विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ८८ कम्पनीमा वृद्धि भएको छ । ११३ कम्पनीमा ओरालो लागेको छ भने १५ कम्पनी स्थिर रहेको छ ।
यसअघि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको थियो। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कूल २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।





