
काठमाडौं । एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको निवासमा नेपाल प्रहरीले छापा मारेको छ ।
मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् ।
रायमाझीको घरमा उनको सवारी साधन भेटिएको तर मान्छे नभेटिएको प्रहरीले जनाएको छ ।





