पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ



इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।

भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द गाडीमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्