
काठमाडौँ । कोशी प्रदेश नामकरणको विरोधस्वरुप काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले सडकमा नै उभौली पर्व मनाएका छन् ।
१ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै सडक आन्दोलनमा रहेका पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् । कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोध गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ ।
कोशी प्रदेशको नाम पहिचानका आधार नभए मुलुकभर नै आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।





