पाकिस्तानमा गोली प्रहार गरी ८ जनाको हत्या



कराँची । पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।

उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा.आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सना गरेको छ ।

अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो । घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्