नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।

नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्