नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि



काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ ।

१३ वैशाख बुधबारदेखि लगातार ५ दिन घटेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो । सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा बिहीबार निर्जीवन बीमा उपसूचक सर्वाधिक १.५५ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर र वित्त कम्पनी उपसूचक पनि १ प्रतिशत भन्दा माथिले बढेका छन् ।

नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि सुधारोन्मुख देखिएको छ । बुधबार ६१ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेर ७३ करोड २७ लाख पुगेको छ । २० हजार ६५५ वटा कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्