बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको अदालत स्रोतले बतायो । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरिदिन अदालतमा भनेको थियो ।

त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्