यो सरकार कायमै रहे मुलुक टाट पल्टिन्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन् ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।

यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ । तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो । सम्पत्ति बढायो चालिस अर्ब । देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो’ उनले भने ।

उद्योगहरु प्राय बन्द रहेको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्