‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ : पुस्कर शाह



काठमाडौं । सगरमाथा आरोही समेत रहेका विश्व साइकल यात्री पुष्कर शाहले आफूलाई साईकल चढेकै कारण रास्वपाको कार्यालयमा प्रवेश गर्न नदिएको सामाजिक संजाल फेसबुक मार्फत गुनासो पोखेका छन् ।

शाहले सोमबार ‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ भन्दै फेसबुकमा स्ट्याटस लेखेका छन् । ‘पालेज्यूले साइकललाई घन्टीघर भित्र प्रवेश छैन भन्नुभो, भित्र मोटरसाइकल चै छिर्न दिइएको रैछ, मैले त्योबारे प्रश्न गरेँ । पालेले गाडी र मोटरसाइकल त पाउँछ भने । पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ ।’

सांसद तथा पार्टी उपाध्यक्ष डीपी अर्यालको निमन्त्रणामा आफु पार्टी कार्यालय बसुन्धारा पुगेको बताउँदै पालेले साइकललाई घण्टीघर भित्र प्रवेश छैन भनेपछि आफूले सांसद अर्याललाई फोन गरेको तर फोन नउठेको उनले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्