रुद्रमती हरियाली उपभोक्ता समिति र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा धोबिखोला सरसफाई



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा धोबिखोला सरसफाई अभियानले निरन्तरता पाएको छ ।

रुद्रमती हरियाली उपभोक्ता समितिको आयोजना र बुढानीलकण्ठ नगरपालिका तथा डिभिजन वन कार्यालयको सहकार्यमा कार्यक्रम बैशाख १४ गते बिहिबारबाट प्रारम्भ भएको धोबिखोला सरसफाई अभियान अन्तर्गत अहिले खोलामा डोजरले सफाई गरिएको छ ।

दस दिन सम्म चल्ने धोबिखोला अर्थात रुद्रमतीखोला सरसफाई कार्यक्रमको नगरप्रमुख मिठाराम अधिकारी, डिभिजन वन कार्यालय अधिकृत बद्रि कुमार कार्की, विभिन्न वडाका पदाधिकारी, नगरपालिका प्रमुख प्रशासकीय अधिखृत तुल्सीराम अर्याल, रुद्रमती हरीयाली उपभोक्ता समिति अध्यक्ष शम्भु कुमार श्रेष्ठ लगायत नगरपालिका महाशाखारशाखा कर्मचारी, समाजसेवी तथा स्थानीयवासिहरुको उपस्थितिमा अभियान सुभारम्भ गरेका थिए।

वडा नं १० स्थित पाथीभरा बस्तिबाट सुरु भएको धोबिखोला सरसफाई अभियान वडा नं.१३ भद्रकाली नौलिङ्थान सम्म गरि १० दिन संचालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्