बुढानिलकण्ठ नगरपालिकाले ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृत्ति” प्रदान गर्ने



काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिएको छ । बुढानिलकण्ठ नगरपालिकाको छात्रवृति व्यवस्थापन समितीको निर्णय अनुसार नगरका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रवृति प्रदान गरिनेछ ।

नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिदै नगरपालिकाले निवेदन प्राथमिकीकरण गरेर बैशाख १५ गते भित्र विवरण बुझाउन विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

सुचनाः

प्रतिक्रिया दिनुहोस्