वीर अस्पतालकी नर्स बालाजुमा मृत भेटिइन्



काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।

भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा.सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ । डा.ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत छन् ।

नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।

अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् । वीर अस्पतालका कार्यकारी निर्देशक डा। सन्तोष पौडेलले पनि अनुमा मृत भेटिएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्