फाइनल पुग्ने सोचमा रहेको नेपालले पूरा गर्‍यो १०० रन



काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भएका हुन् । यसअघि भीम सार्की ४ बलमा १ रन, कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भएका थिए । अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर १११ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्