समयमै कर दाखिला गर्न नगरवासीमाझ बुढानीलकण्ठ नगरपालिकाको अनुरोध !



काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले एक सूचना प्रकाशित गर्दै नगरवासिहरुलाई समयमै कर दाखिला गर्न अनुरोध गरेको छ ।

नगरभित्र भएका घरजग्गा एवम् व्यवसाय सञ्चालन गरेका करदाताहरुले नगरपालिकालाई तिर्न बाँकी रहेको सम्पत्ति कर, भूमीकर, बहाल कर र व्यवसाय कर लगायतका बक्यौता भए सो र सोको जरीवाना समेत सम्बन्धीत वडा कार्यालयमा दाखिला गर्न सम्बन्धित करदाताहरुलाई सूचना मार्फत जानकारी गराएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले यसै सूचना मार्फत समयमै कर तिरी नगरको विकास निर्माण एवम् जरिवानाबाट बच्न समेत अनुरोध गरेका छन  ।

प्रतिक्रिया दिनुहोस्