राधी र हिमाल दोलखा हाईड्रोपावरले पाए हकप्रद निष्कासनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिजो राधी विधुत कम्पनी लिमिटेड (RADHI)र हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड (HDHPC) लाई हकप्रद निष्कासनको अनुमति दिएको छ।

अनुमति प्राप्त गरेको राधी विधुत कम्पनी लिमिटेड (RADHI) का लगानीकर्ताले १०० कित्ताको १४७ कित्ता हकप्रद शेयर किन्न पाउनेछन। हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड (HDHPC) का लगानीकर्ताले भने १०० कित्ताको ७५ हकप्रद शेयर किन्न पाउनेछन्।

करिब २ वर्षदेखि बुलबाट ब्यारिसमा रहेको नेपाली शेयर मार्केटलाई २ वटा कम्पनीको हकप्रद अनुमतिले लगानीकर्तालाई केहि हदसम्म राहत दिने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्