चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो



चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ ।

मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान जारी छ । ५ बजेसम्ममा मतदान केन्द्रमा पुगेर लाइन बसेकाले मत हाल्न पाउँछन् । चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।

प्रतिक्रिया दिनुहोस्