
काठमाडौँ । सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । यो सँगै सूचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।





