३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ । सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ ।

मंगलबार नेप्से परिसूचक ३.०७ अंकले ओरालो लागेको हो । यो सँगै सूचक १९०४.९८ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । उक्त दिन ९२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्